सर्वोच्चको प्रश्नको जवाफ दिने तयारीमा संसद सचिवालय

केन्द्रभाग मिडिया

संघीय संसद सचिवालयले सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफ दिने तयारी गरेको छ ।

त्यसका लागि संघीय संसद सचिवालयका महासचिव डा।भरतराज गौतम आन्तरिक परामर्शमा जुटेका छन् । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि सर्वोच्च अदालतले गौतमसँग गत बुधबार जवाफ मागेको थियो ।

सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले महासचिव गौतमलाई संविधान र कानुनको कुन आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै प्रश्न गरेर पत्र पठाएका थिए ।

सो पत्रको कसरी जवाफ दिने भन्ने बारेमा संघीय संसद सचिवालय आन्तरिक छलफलमा जुटेको छ। सचिवालयले छिट्टै सर्वोच्चलाई जवाफ पठाउने तयारी गरेको जानकारी दिएको छ ।

  • २३ मंसिर २०७९, शुक्रबार १४:३१ प्रकाशित