कालिका बहुमुखीमा वृक्षारोपण

केन्द्रभाग मिडिया

पोखरा ।
कालिका वहुमखी क्याम्पसमा वृक्षारोपण गरिएको छ । क्याम्पसको वातावरणलाई हरियाली बनाउने उद्देश्यले क्याम्पस परिसरमा करिव पचास वटा धुपिका विरुवा रोपिएको क्यम्पस प्रमुख विरन्जि गौतमले जानकारी दिए ।

क्याम्पस संचालक समितिका अध्यक्ष किरण केसी, क्याम्पस प्रमुख विरन्जि गौतम, निवर्तमान क्याम्पस प्रमुख रविन्द्र बास्तोलाले विरुवा रोपेर कार्यक्रम को शुभारम्भ गरेका हुन् । अध्यक्ष केसीले सफा र हरियाली वातावरणले मस्तिष्कलाई रिफ्ररेस बनाउने हुदाँ विद्यार्थीलाई पढेका कुरा दिमागमा राख्न सहयोग पुग्ने उल्लेख गरे ।

क्याम्पस प्रमुख गौतमले गुणस्तरीय शिक्षा प्रदान गर्ने कालिकालाइ अब्बल क्याम्पस्को रुपमा बिकास गरिने उल्लेख गरे ।
कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु शालिकराम तिमिल्सिना, युवराज गुरुङ, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

  • २० मंसिर २०७९, मंगलवार ०९:४५ प्रकाशित