कपिलवस्तु ।
कपिलवस्तुको मायादेविस्थित चाकर चौडामा एकजना भारतीय नागरिकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।
मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा रहेको एक होटलमा बसेका भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि गएराति दुई गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार चाकरचौडा बजारको एक होटलमा रहेका उनलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ । गोली हान्ने समूहको खोजीकार्य भइरहेको छ ।













