काठमाडौं ।
काठमाडौंमा क्लब र डिस्को बिहान ४ बजेसम्म चलाउन पाइने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले क्लब र डिस्कोलाई रातैभर चलाउन अनुमति दिने भएको छ । त्यस्तै रेस्टुरेन्टहरु राति १२ बजेसम्म सन्चालन गर्न दिने निर्णय गरेको छ ।
यस्तै, डान्स दोहोरी र लाउन्ज एन्ड बार राति २ बजेसम्म सन्चालन गर्न पाइने काठमाडौं जिल्ला प्रशासनले जनाएको छ । मदिराजन्य पसलहरु भने राति १० बजेसम्म मात्र खोल्न पाइने छ ।













