सप्तरी।
दराजले थिचेर अढाई वर्षीया बालिकाको निधन भएको छ । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ६ की अढाई वर्षीया बालिकाको उपचारको क्रममा निधन भएको हो ।
स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर गम्भीर घाइते भएकी थिइन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो ।
सोमबार बिहान ९ बजे छिमेकी ललित मेहताको घरमा खेल्न गएको नातिनीलाई उनको घरमा राखिएको दराजले थिचेर घाइते भएको हजुरबुबा अर्जुन कार्कीले बताए ।













