छिमेकीकोमा खेल्न गएकी साढे दुई वर्षीया बालिकाको दराजले थिच्दा ज्यान गयो

केन्द्रभाग मिडिया

सप्तरी ।

दराजले थिच्दा साढे दुई वर्षीया बालिकाको ज्यान गुमेको छ । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ की अढाई बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर गम्भीर घाइते भएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

सोमबार बिहान ९ बजे छिमेकी ललित मेहताको घरमा खेल्न गएकी नातिनीलाई उनको घरमा राखिएको दराजले थिचेर घाइते भएको बताइएको छ।

  • १५ मंसिर २०७९, बिहीबार १३:४९ प्रकाशित