पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १३५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९४ पैसा छ । हिजो युरो एकको खरिददर १३६ रुपैयाँ १८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८१ पैसा थियो ।
आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा र ब्रिकीदर १३१ रुपैयाँ ०६ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५७ रुपैयाँ २३ पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८७ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ९४ पैसा र बिक्रीदर २९ रुपैयाँ ०७ पैसा रहेको छ ।














