गाडी र मोटरसाइकल जुध्दा २८ वर्षीय सिजनको निधन

केन्द्रभाग मिडिया

भक्तपुर ।

भक्त्तपुरमा गाडी र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक भक्तपुर नगरपालिका –१ का २८ वर्षीय सिजन फसिकवाको निधन भएको छ । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा निधन भएको हो ।

शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका–६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३–०१–०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल जुधेका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–७ गोलमाडीका ३२ वर्षीय सुनिल ग्वाछा घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गाडीका चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • ११ मंसिर २०७९, आईतवार १४:४६ प्रकाशित