पोखरा ।
जन्मदिन होटल तथा घरमै भोजभतेर जस्ता फजुल खर्च गरेर होईन असहाय, विपन्न आश्रित आश्रमलाई सहयोग गरेर मनाउन सकिन्छ भन्ने यहाँको एक परिवारले उदाहरण दिएको छ ।
रोजगारको सिलसिलामा हङकङमा रहेका देवचन्द्र गुरुङ र सावित्री गुरुङले आप्mनो छोरा सम्राट गुरुङको १० औं जन्मदिनका अवसरमा पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेर गरेका हुन् ।
सो अवसरमा चालम, दाल, नून, तेल, सावुन लगायतका विभिन्न सामाग्री सहित आश्रममा आश्रित जेष्ठनागरिक र सेवक सेविकालाई हातहातमा विष्कुट, फलफुल र चाउचाउ गरि कूल ३५ हजार मूल्य बरावरको सामाग्री वितरण गरिएको थियो ।
पोखरा १७ घारीपाटनमा वस्ने हङकङमा अध्ययनरत सम्राटका हजुर बुबा लक्ष्मण गुरुङ र हजुर आमा मनकुमारी गुरुङ सहित आफन्त जनको टोलीले उक्त खाद्यान्न पोखरा बृद्धाश्रमका सेविका लक्ष्मी सुवेदीलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै सम्राटका हजुर बुबा लक्ष्मण गुरुङले पोखरा बृद्धाश्रमलेले समाजका असहाय, विपन्न र वेवारिसे अवस्थामा रहेका समाज जेष्ठनागरिकको संरक्षण गरेर राज्यको दायित्व पुरा गरेको स्मरण गरे ।
आप्mना सुख र दुःखका जस्तो सुकै अवस्थामा भएर पनि अनावश्यक खर्च गर्नुभन्दा यस्ता आश्रममा सहयोग गर्दा पुण्य प्राप्ति हुने विश्वास व्यक्त गर्दै उनले जेष्ठनागरिकको लागि बृद्धाश्रम बुढेसकालको लौरो बनेको छ ।
बृद्धाश्रममा हाल २२ जना बुबा र २६ जना आमाहरु आश्रित रहेको बताउँदै सेविका सुवेदीले आश्रम सरकारी नभई सहयोगि मनहरुको सहयोगबाट सञ्चालन हुँदै आएको जानकारी दिइन ।
कार्यक्रममा सञ्चारकर्मी हरि बास्तोलाले आफुलाई जन्मदिने आमा बुबालाई समेत घरमा उचित मायाममता दिने नसक्ने हाम्रो समाजमा विभिन्न जिल्ला र संस्कारबाट आएका जेष्ठनागरिकको संरक्षक बनेर पोखरा वृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । आश्रममा आश्रित बुबाआमाले सम्राटलाई सुस्वास्थ्य, दिर्घजिवन र उत्तरोत्तर प्रगतिको कामना सहित आशिर्वाद प्रदान गरेका थिए ।













