भ्रम फैलाउँदै सूचना अभियान्ता एमाले प्रदेश सदस्य आचार्य

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा सूचना अभियान्ताका रुपमा चिनिने एमाले गण्डकी प्रदेश समिति सदस्य दिपक आचार्यले नयाँ पत्रिकाको अननलाईन, सेतोपाटी र अनलाईनलाईनमा प्रकासित समाचारलाई फोटोसपमा इडिट गरिएका सामग्री सामाजिक सञ्जालमा पोष्ट गर्दै भ्रम फैलाएको पाइएको छ ।

नयाँ पत्रिकामा पत्रकार कमलराज भट्टले लेखेको ‘पैसा बाँडेको आरोपमा काठमाडौं ५ (२) का एमाले उम्मेदवार पाँच घन्टा नियन्त्रणमा’ शिर्षकमा लेखेको समाचारलाई उनले इडिट गर्दै ‘कांग्रेसलाई भोट नदिन कांग्रेसको आन्तरिक सर्कुलर आपत्तिजनक– प्रचण्ड’ शिर्षक बनाएर भ्रम फैलाएको पाइएको छ । त्यसैगरी उनले अन्य अनलाइनमा पनि यस्तै खालका शिर्षक राख्दै इडिट गरेका तस्बिर समाजिक सञ्जालमा पोष्ट गर्दै भ्रम फैलाएको पाइएको हो ।

निर्वाचनका लागि स्थिर समय चलिरहेका बेला उनले यस्तो भ्रमपूर्ण चलखेल गरेका गरेका हुन् । आचार्य हालैमात्र एमाले प्रवेश गरेका हुन् । जागौं नेपालका केन्द्रीय संयोजक, सूचनाको हकसम्बन्धी केन्द्रीय सञ्जालका सचिवालय सदस्यसमेत रहेका आचार्यले भ्रम फैलाएपछि उनको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। उनी सूचनाको हक डटकमका सञ्चालसमेत हुन् । कतिपय एमाले कार्यकर्ताहरुले समेत उनले पोष्ट गरेका सामग्री समाजिक सञ्जालमा सेयर गरेका छन् ।

 

  • ३ मंसिर २०७९, शनिबार १६:२० प्रकाशित