भयरहित रूपमा मतदान सम्पन्न गराउन सरकार प्रतिबद्ध : गृह मन्त्रालय

केन्द्रभाग मिडिया

गृह मन्त्रालयले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनको लागि सरकार प्रतिवद्ध रहेको बताएको छ ।

आज (शुक्रबार) गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आयोगले सो प्रतिवद्धता व्यक्त गरेको हो । गृहले निर्वाचनलाई असर गर्ने कुनैपनि गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको दाबी गरेको छ ।

गृह सचिव विनोद प्रकाश सिंहले सुरक्षाका हिसाबले कुनै कमी नहुने भन्दै आवश्यक प्रबन्ध मिलाएको जानकारी दिए । त्यस क्रममा उनले हवाई र स्थल गस्ती हुने भन्दै त्यसको प्रबन्ध मिलाएको जानकारी दिए ।

कुनैपनि मतदान केन्द्रमा केही भए नेपाली सेनाको टोली बढीमा ३० मिनेटमा पुग्नसक्नेगरी व्यवस्था गरेको सचिव सिंहको भनाइ छ । उनले हवाई गस्तीका लागि नेपाली सेनाका हेलिकोप्टरका साथै निजी क्षेत्रका हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको जनाए ।

  • २ मंसिर २०७९, शुक्रबार १५:५२ प्रकाशित