तीन तहको सुरक्षा घेरामा मतदान हुने

केन्द्रभाग मिडिया

काठमाडौं।

आगामी निर्वाचनमा तीन तहको सुरक्षा घेरामा मतदान हुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको जनाएका छन् ।

त्यस्तै, निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको जानकारी दिदै उनले जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकार सम्पन्न घुम्ती टोली परिचालन गरिने बताए ।

निर्वाचन आयोगले अति संवेदनशील मतदान केन्द्रलाई लक्षित गरी हवाई गस्तीको व्यवस्था गरेको छ ।

  • २ मंसिर २०७९, शुक्रबार १०:४८ प्रकाशित