मन्त्रीबाट बर्खास्त भएका कुमार खड्काले पत्रकार सम्मेलन गदैँ

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रीबाट बर्खास्त भएका कांग्रेस नेता कुमार खड्काले पत्रकार सम्मेलन गर्ने भएका छन् । खड्काले बिहिबार पोखराको एक होटेलमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

खड्कालाई आफ्नै पार्टीका उम्मेद्धवारका विरुद्ध लागेको र मुख्यमन्त्रीलाई असहयोग गरेको आरोप छ । पार्टीबाट उम्मेदवार बन्न टिकट नपाएका खड्का खाइपाइ आएको मन्त्री पद समेत खोसिए पछि उनको क्षेत्रको राजनीति समेत गर्माएको छ ।

कांग्रेबाट कास्की क्षेत्रनम्बर २ (२) का उम्मेदवार विन्दु कुमार थापालाई असहयोग गरेको आरोपमा मंगलबार खड्कालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका थिए । थापाले टिकट पाएकै क्षेत्रमा खड्का पनि टिकट लिन लागि परेका थिए ।

  • ३० कार्तिक २०७९, बुधबार १५:०८ प्रकाशित