मिटर ब्याज पीडितले दिए मत बहिष्कारको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नवलपरासी पश्चिमका मिटर ब्याज पीडितले मतदान बहिस्कार चेतावनी दिएका छन् । नवलपरासीको बर्दघाट, सुनवल, प्रतापपुर र सुस्ता क्षेत्रका मिटर ब्याजपीडितले मतदान बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।

उम्मेदवारले आफ्नो समस्या समाधान गर्न पहल नगरेको भन्दै यो क्षेत्रका मिटर ब्याज पीडितले मतदान बहिस्कार गर्ने बताएका हुन् ।

यो क्षेत्रमा करिब ५ सय परिवार मिटर ब्याज पीडित छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समीतिका अध्यक्ष अवधेश कुशवाहका अनुसार यो क्षेत्रमा मिटर ब्याज पीडित परिवारका ४७ सय जति मतदाता छन् ।

संघर्ष समितिले मिटर ब्याज पीडितलाई मतदान नगर्न आह्वान गर्दै र्‍याली निकालिरहेको छ । कतिपय पीडितले आफ्नो घरमा मत बहिस्कार लेखेको झण्डा समेत राखेका छन् ।

  • २९ कार्तिक २०७९, मंगलवार १६:२८ प्रकाशित