पोखरा ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर ५ गतेदेखि क्यालिब्रेसन उडान भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको छ।
यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको प्राधिकरणले जनाएको छ । जहाज आइतबार नै नेपाल आएको हो । यो जहाज आगामी ५ डिसेम्बरसम्म नेपाल रहने छ ।
तालिका अनुसार एरोथाईको जहाज २ मंसिरमै पोखरा आइपुग्नेछ ।













