पल शाहद्धारा उच्च अदालत पोखरामा पुनरावेदन

केन्द्रभाग मिडिया

पोखरा । 

पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गराएको बताइएको छ ।

उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले दिएको जानकारी अनुसार शाहका तर्फबाट उनका कानुन व्यवसायीले शुक्रबार पुनरावेदन दर्ता गराएका हुन् ।

शाहविरुद्ध बलात्कारको अभियोगमा मुद्धा दर्ता गरेकामा नवलपुर जिल्ला अदालतले उनलाई बाल यौन दुर्व्यवहार कसूरमा साढे २ वर्ष कैद सजाय सुनाएको छ ।

तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध दर्ता भएको बलात्कार सम्बन्धीकै मुद्दाको भने फैसला हुन बाँकी छ । दुवै ठाउँमा एकै व्यक्तिले शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

  • २५ कार्तिक २०७९, शुक्रबार १५:३२ प्रकाशित