प्रधानन्यायाधीशले भाग खोजेको भन्ने समाचारमा सत्यता छैन: प्रवक्ता कार्की

केन्द्रभाग मिडिया

काठमाडौं ।
सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने समाचार र प्रचारमा कुनै सत्यता नभएको बताएको छ ।

सरकारका प्रवत्ता ज्ञानेन्द्र कार्कीले ‘मन्त्रिपरिषद विस्तारबारे प्रधानन्यायाधीशलाई जोडेर आएका समाचारमा कुनै सत्यता नभएको बताएका हुन् । संचार माध्यममा जुन समाचार आएका छन् त्यसमा सत्यता छैन’, कार्कीले भने ।

मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको बेला मन्त्रिमण्डलमा प्रधानन्यायाधीश राणाले समेत भाग खोजेको समाचार प्रकासित भएको थियो । समाचारको सर्वोच्च अदालतले समेत खण्डन गरिसकेको छ ।

  • १९ आश्विन २०७८, मंगलवार १५:३५ प्रकाशित