तनहुँमा आगो ताप्ने क्रममा पोल्दा ९ वर्षे बालकको ज्यान गयो

केन्द्रभाग मिडिया

तनहुँ ।

तनहुँमा आगो ताप्ने क्रममा पोलेर एक ९ वर्षीय बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं. ७ अर्चलेका ९ वर्षीय सुभाष थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

२१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा शरिरको बिभिन्न भागमा पोली घाइते भएका उनलाई घरपरिवारले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा गएराती ज्यान गएको हो । प्रहरीको अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ ।

  • २४ कार्तिक २०७९, बिहीबार ११:१९ प्रकाशित