पोखराको ज्योतिकुञ्जमा अध्ययनरत विद्यार्थीको खेल्ने क्रममा ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको एक विद्यालयमा खेल्ने क्रममा एक विद्यार्थीको ज्यान गएको छ ।

पोखरा १० उत्तमचोकस्थित ज्योतिकुञ्ज सेकेण्डरी स्कूलमा अध्ययनरत १४ वर्षीय रोहित थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । रोहित कक्षा ८ मा अध्ययनरत थिए ।

हिजो सोमबार दिउँसो २ बजे विद्यालय परिसरभित्र रहेको मैदानमा खेलिरहेका रोहित फुटबलको गोल पोस्टको बारमा झुण्डिएर चिन–अप गर्ने क्रममा बार एक्कासी झरेर टाउकोमा लाग्दा गम्भिर घाइते भएका थिए ।

घाईते भएलगत्तै उपचारको लागि तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। पाल्पाको रम्घा ३ घर भएका थापाका परिवार पोखरामा बस्दै आएका छन् ।

  • २२ कार्तिक २०७९, मंगलवार १०:५३ प्रकाशित