काठमाडौं ।
बाल्टीमा राखेको पानीमा डुब्दा ४ वर्षीय बालकको ज्यान गएको छ ।
काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसमा बस्दैं आएका बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरीको ज्यान गएको हो । उनको शनिबार(हिजो) दिउँसो छतमा बाल्टीमा रोखेको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।।
डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














