सुन्दरबजार नगरपालिकामा आज विदा

केन्द्रभाग मिडिया

लमजुङ ।

लमजुङको सुन्दरबजार नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज नगरपालिका भर सार्वजनिक विदा दिएको छ ।

नगरपालिकाले एक सूचना जारी गरी हरिबोधिनी एकादशीका दिन नगरपालिका कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका संघ संस्थामरुमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।

नगर कार्यपालिकाको छैटौं बैठकले उक्त विदा दिने निर्णय गरेको हो । सुन्दरबजार नगरपालिका९७ पाउँदी स्थित कर्मदा नदीका शिवजी मन्दिरमा एकादशी मेला लाग्ने गर्दछ ।

  • १८ कार्तिक २०७९, शुक्रबार ११:०२ प्रकाशित