थप १०३० जनामा संक्रमण, १० संक्रमितको निधन

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालमा थप एक हजार ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८७४ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा एक हजार जना संक्रमण मुक्त भएका छन् भने थप १० संक्रमितको निधन भएको छ ।

हाल आइसोलेसनमा रहनेको संख्या १६ हजार ६०६ रहेको मन्त्रालयले जनाएको छ ।

  • १८ आश्विन २०७८, सोमबार १७:३३ प्रकाशित