तीन महिना अघि रोमानिया गएका म्याग्दीका देवेन्द्रको मेसिनमा च्यापिदाँ ज्यान गयो

केन्द्रभाग मिडिया

म्याग्दी ।

तीन महिना अघि मात्रै वैदेशिक रोजगारीका लागि रोमानिया गएका म्याग्दीका एक युवकको ज्यान गएको छ ।

रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर ज्यान गएको म्याग्दी प्रवासी नेपाली संघ रोमानियाले जानकारी दिएको छ ।

पुनको बुधबार तिमिश्वारा सहर नजिक भिजिडियास्थित बनेट मेलोन एग्रिकल्चर कम्पनीमा मेसिनले खेतमा आलु खन्ने क्रममा मेसिनको वेल्टमा परी च्यापिएर मृत्यु भएको हो ।

  • १७ कार्तिक २०७९, बिहीबार ११:११ प्रकाशित