जनकपुरधाम ।
आगामी मंसिर ४ गतेको निर्वाचनका लागि प्रचारमा कुदेको गाडीको ठक्करबाट सर्लाहीमा एक जनाको ज्यान गएको छ । भने अर्का एक जना घाइते भएका छन् ।
सर्लाही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रचारमा कुदेको नम्बर खुल्न नसकेको सेतो रंगको स्कार्पियो सखुवामा ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
सो ठक्करबाट सोनबरसाका २२ वर्षीय नेक महमद र मलंगवा नगरपालिका ९ का एकरामुल साफीका १० वर्षीय छोरा असलम साफी घाइते भएका थिए ।
घाइते दुबै जनालाई उपचारका लागि मलंगवा लगिएको थियो । घाइते नेक महमदको उपचारकै क्रममा मृत्यु भएको छ । साफीको उपचार जारी छ ।
ठक्कर दिने गाडी उम्मेदवार यादवको रहेको भन्दै उनीविरुद्ध मलंगवाको सहिद चोकमा प्रदर्शन गरिएको छ ।














