काठमाडौं ।
सशस्त्र प्रहरीले दुई जना सशस्त्र प्रहरी नायव निरीक्षकहरूलाई निलम्बन गरेको छ ।
आचारण विपरित काम गरेको भन्दै प्रहरीले सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत कृष्ण बहादुर मगरलाई निलम्बन गरेको हो ।
उनीहरूमाथि निलम्बनसँगै विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ । सुवेदीले गत कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पुर्याएर कार्यालय फर्कने क्रममा सवारी दुर्घटना भएको थियो ।
यस्तै त्यस्तै गत असोज २० गते भारतीय भूमिमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएकाले मगरलाई पनि निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।














