निर्वाचनमा खटिने प्रहरीका लागि १ अर्बका सवारी खरिद

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी मंसिर ४ मा हुन लागेको निर्वाचनमा सुरक्षा दिनका लागि खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ० ले एक अर्बका सवारीसाधन खरिद गरेका छन् ।

उक्त निर्वाचनमा सुरक्षा गस्ती र त्यसपछि नियमित सुरक्षामा जनशक्ति परिचालन गर्न दुवै निकायले करिब २ हजार सवारीसाधन किन्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेका थिए ।

अर्थले बजेट अभाव देखाएर प्रस्ताव गरिएअनुसार सबै सवारी किन्न नसकिने जनाउँदै २ सय सवारीसाधनका लागि मात्रै पुग्ने गरी १ अर्ब रुपैयाँ निकासा गरेको थियो । जसअनुसार प्रहरीले ७५ करोड रुपैयाँमा १८० थान र सशस्त्रले २५ करोड रुपैयाँ खर्चेर ६५ थान जिप खरिद गरेका हुन् ।

निर्वाचन प्रयोजनमा सवारीसाधन अपुग हुने भएपछि दुवै निकायले १० दिनका लागि करिब २ हजार ५ सय सवारी भाडामा लिने भएका छन् ।

  • १४ कार्तिक २०७९, सोमबार ११:०७ प्रकाशित