एमाले नेता पौडेललाई पितृशोक

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका नेता एवं पोखरा १९ का निवर्तमान वडाध्यक्ष शोभामोहन पौडेललाई पितृशोक परेको छ । नेता पौडेलका ९६ वर्षीय बुवा बलरामको आइतबार विहान आफ्नै निवास पोखरा १६ दीपमा निधन भएको हो ।

पोखरा १९ घार्मीमा जन्मिएर दीपमा बस्दै आएका पौडेल लामो समय भारतमा राजगारी गरी नेपाल फर्किएपछि सामाजिक सेवा र आधयात्मिक चिन्तनमा लागेका पौडेलको आइतबा दिउँसो स्थानीय गोस्तेघाटमा हिन्दू परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।

स्व. बलरामका २ छोरा शोभाखर र शोभामोहन, २ बुहारी, ८ नातिनतिनी र ६ पनाति पनातिनी छन् ।

  • १४ कार्तिक २०७९, सोमबार ०७:३९ प्रकाशित