गृहमन्त्री खाणद्धारा ६७ बुँदे संकल्पपत्र सार्वजनिक

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्रीसमेत रहेका रुपन्देही -३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाणले संकल्पपत्र सार्वजनिक गरेका छन् । उम्मेदवार खाणले जनतासामु आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले स्थानीय तहले गरिरहेको र भइसकेका कामहरु, निर्वाचन क्षेत्रभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर संकल्प पत्र बनाएका छन् । मुख्यतया भैरहवालाई नै केन्द्रित गरी बनाइएको संकल्पपत्रमा विकास निर्माण र भौतिक पूर्वाधारहरूलाई जोड दिइएको छ ।

पहिलो बुँदामा नै भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औधोगिक, व्यापारिक एवं पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने भनिएको छ । त्यस्तै सिद्धार्थनगरमा चक्रपथ, बुटवल सुनौली हाइवेमा मेट्रोको सम्भाव्यता अध्ययन गर्ने, राजमार्ग स्तरोन्नति र सडक पूर्वाधारमा जोड, कारागार स्थानान्तरण, अटोभिलेज व्यवस्थापन, कृषि, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन, खेलकुद लगायतका विषय संकल्पपत्रमा छन् ।

  • १३ कार्तिक २०७९, आईतवार १६:३४ प्रकाशित