धनगढी ।
दार्चुलामा भएको बालक मृत्यु प्रकरणमा भारतीय निर्माण कम्पनीले क्षतिपूर्ति उपलब्ध गराएको छ । सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भए पछि भारतीय पक्षले गल्ती स्विकारर्दै क्षतिपूर्ति वापतको रकम उपलब्ध गराएको हो ।
शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रतिनिधि समेतको उपस्थितिमा भएको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्ति वापत नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएको प्रहरीले जनाएको छ ।
दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले पीडित पक्षसँग भएको सहमतीअनुसार गर्ग एन्ड गर्ग कम्पनीले १६ लाख ९१० लाख भारु० उपलब्ध गराएको जानकारी दिए ।














