भायलेन्स गरेको भन्दै एमआरआर ग्रुपलाई फेसबुकले गर्‍यो निस्क्रिय

केन्द्रभाग मिडिया

काठमाडौं ।

फेसबुकको सन्चालक कम्पनी मेटाले मेन्स रूम रिलोडेड (मआरआर) ग्रुपलाई फेसबुकले निस्क्रिय बनाइदिएको छ। कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै मेटाले एमआरआर ग्रुपलाई निस्क्रिय बनाइदिएको हो।

पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि एमआरआरलाई निस्क्रिय बनाइएको यो ग्रुपका सन्चालकको आकलन छ।एमआरआर फेसबुक ग्रुप यसअघि सन् २०२० मा पनि कारबाहीमा परेको थियो ।

त्यसपछि आफूहरूले त्यस्ता विषयमा निगरानी गरिरहेको उक्त पोस्ट गर्ने एडमिनले दाबी गरेको छ । रिभ्यु रेक्वे रिक्वेष्टलाई पनि फेसबुकबाट वेवास्ता गरिएको एडमिनले गरेको पोस्टमा उल्लेख छ।

  • १३ कार्तिक २०७९, आईतवार १०:४७ प्रकाशित