काठमाडौं ।
मनकामना दर्शनका लागि तीर्थालु बोकेर जाँदै गरेको बस दुर्घटनामा परेको छ ।
मनकामनाका दर्शन गर्न हिडेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका २ मथरभीरमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।
पाल्पाको रामपुरबाट चितवन हुँदै मनकामना जादैं गरेको उक्त दुर्घटनामा पाँच जनाको घटनास्थलमा मृत्यु भएको कावासोती प्रहरीले जनाको छ । दुर्घटनाक भएको कारण खुलिसकेको छैन यद्यपि प्रहरीले अनुसन्धान गर्दैछ ।














