नेपाल संवतअनुसार नयाँ वर्ष शुरु भएको छ। बुधबारको सूर्योदयसँगै वर्ष ११४३ लागेको हो।
राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ अर्थात् सन् ८८० मा गरिबहरूको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको बताइन्छ।त्यतिखेर लिच्छविकालका राजा राघवदेव शासन थियो। यो नेपालको नाममा रहेको मौलिक संवत् हो।
यो संवत् हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेको छ। नेपाल संवत् नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाइन्छ।
यसै सन्दर्भमा बसन्तपुरमा एक कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, कांग्रेस नेता प्रकाशमान सिंहको उपस्थिति रहेको थियो।














