यस वर्ष लक्ष्मीपूजामा ‘पिक लोड’ १३०५ मेगावाट

केन्द्रभाग मिडिया

तस्वीर : मीम पोखरा

काठमाडौं ।

यस वर्ष लक्ष्मी पूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत भएको छ ।

साँझ ६ः१० मिनेटमा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १३०५ मेगावाट भएको जनाइएको छ । गत वर्ष लक्ष्मी पूजामा विद्युतको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो ।

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएपनि झिलिमिली बत्तीलगायतका विद्युतीय बत्ती उच्च मात्रामा बाल्ने गरिन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो । विनाअवरोध देशभरी विद्युत आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।

  • ८ कार्तिक २०७९, मंगलवार ०९:२६ प्रकाशित