झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा दुईको ज्यान गयो

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

तिहारका बेला घरमा जडान गरिने झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा २ जनाको ज्यान गएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्वर ९ का सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका अनुसार मिश्र र यादव दुबै जनालाई झिलिमिली बत्ती जोड्ने क्रममा आफ्नै घरमा करेन्ट लागेको थियो । उनीहरुको उपचारका क्रममा ज्यान गएको हो ।

  • ७ कार्तिक २०७९, सोमबार १६:४० प्रकाशित