तनहुँ ।
तनहुँको बन्दीपुर चितुवाको आक्रमणबाट बालिकाको ज्यान गएको छ । गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान ११ वर्षीय विना चेपाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले आक्रमण गरेको थियो। चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको छ ।














