जनकपुरधाम ।
हिजो बुधबार सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली हान्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना भारतीय नागरिक रहेका छन् ।
प्रहरीका अनुसार भारत विहार राज्यको शिवहर जिल्लामा पर्ने छप्रा ग्राम पञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार राज्यको बैशाली जिल्लामा पर्ने सुलतानपुर ग्राम पञ्चायतका १९ वर्षीय शौरभ कुमार यादव, बिहार राज्यकै मोतिहारी जिल्लामा पर्ने हराज ग्राम पञ्चायतका १९ वर्षीय गुलसन कुमार सिंह र सर्लाहीकै धनकौल गाउँपालिका १ का ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी पक्राउ परेका हुन् ।
उनीहरुले सर्लाहीको बागमती नगरपालिका १ मिलन चोकस्थित सगुन सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट गर्न कर्मचारी साजन कार्कीमाथि चार गोली प्रहार गरेका थिए । उनको उपचार जिल्लामा सम्भव नभएपछि काठमाडौं लगिएको छ














