पोखरा ।
कास्की प्रहरीले चाँदीका गरगहनासहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
अवैध रूपमा चाँदीका गरगहनाहरू ओसार पसार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हंशपुर मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले असोज ३१ गते तालचोकबाट दुइ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत मोतिहारी, रक्सौल घर राजु कुमार शाह र सरोज मिया मंसुर रहेका छन् ।उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागी राजस्व अनुसन्धान विभाग हरिहर भवन पुलचोक ललितपुर पठाइएको कास्की प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट प्रहरीले नगद ५७ हजार सहित पाउजु, झुम्का, मूर्ति, घण्टी, साडी पिन, सिक्का लगायतका गरगहना बरामद गरेको छ । बरामद गहनाको मुल्य २ लाख १३ हजार बराबर रहेको छ ।














