सहकारीका कर्मचारीमाथि गोली प्रहार

केन्द्रभाग मिडिया

वीरगञ्ज ।

सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार भएको छ। बागमती नगरपालिका मिलनचोकमा लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।

उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिमरा विमानस्थलबाट उनलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिहरुले गोली हानेर फरार भएका थिए ।उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • २ कार्तिक २०७९, बुधबार १६:४५ प्रकाशित