काठमाडौं ।
पुन पक्राउ परेका कमेडियन अपूर्व क्षितिजविरुद्ध ४ वटा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ४ वटा मुद्दा दर्ता गराएको हो ।
जातीय विवेदविरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्याउन नहुने कसुर, सामाजिक रीतिथिति खलल गर्न नहुने कसुरका साथै सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने, जातीवादका आधारमा छुवाछुत गर्न नहुने र अपमानजनक व्यवहार गर्न नहुने कसुरमा मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय काडमाडौंले जनाएको छ ।
जातीय विभेदसम्बन्धी कसुर गरेको आरोपमा प्रहरीले उनलाई असोज ३१ मा दोस्रोपटक पक्राउ गरेर हिरासतमा राखेको थियो ।














