पोखरा ।
म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् ।
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन दौडिरहेको बेला उनको खुट्टा फ्याक्चर भएको हो ।
करिब २० किलोमिटर दूरी पार गरेपछि नै उनले खुट्टा दुखेको महसुस गरेकी थिइन् । दुखाइकै बीच थप १० किलोमिटर दौडिएपछि उनी उभिनै नसक्ने भएकी थिइन् ।
उनको पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार भएको छ । उनको गोलीगाँठो भन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको छ ।