३४ हजार पुग्नै लागे डेंगु संक्रमित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा डेंगु बिरामीको संख्या दिनदिनै उकालो लागि रहेको छ ।

हाल नेपालमा डेंगु संक्रमितको संख्या ३४ हजार पुग्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ रहेको छ ।

२०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् । डेंगुका कारण सो अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशको सातै प्रदेश अन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ ।

  • २५ आश्विन २०७९, मंगलवार १६:३७ प्रकाशित