हुम्ला ।
हुम्लामा पहिरोमा परि एकै परिवारको ४ जनाको ज्यान गएको छ ।
हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको खरेको पहिरोमा पुरिएर एकै परिवारको चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ती चारै जनाको पहिचान खुलिसकेको बताइएको छ ।
पहिरामा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त, नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।
पहिरामा परेर पाँच घाइते भएका छन् । घाइते हुनेमा ३८ वर्षका देउच्या, ३६ वर्षीया अङ्गती, १४ वर्षीया मनिका, १२ वर्षीया निरुता र तीन वर्षीय तवेन्द्र विक छन् । घाइतेमध्ये अङ्गतीको अवस्था गम्भीर छ ।














