मुगु ।
मुगुमा पहिरोमा परेर ५ जनाले ज्यान गुमाएका छन् । मुगुको छाँयानाथ रारा गनरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले मुगुले जनाएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् ।
उद्दारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका छन् । घटनाको विस्तृत विवरण आइसकेको छैन ।














