शताब्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयूमा सारियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्यमा सुधार नआएपछि जोशीलाई आईसीयू कक्षमा सारिएको छ ।

ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार थालिएको जानकारी दिएको हो ।

१०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

  • २४ आश्विन २०७९, सोमबार ११:२३ प्रकाशित