नक्कली नोटसहित पक्राउ

केन्द्रभाग मिडिया

सिरहा ।

नरहा गाउँपालिका(४ स्थितबाट १ हजार दरको ३१ थान नक्कली नेपाली नोट सहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो। रेजाउल्लाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • १६ आश्विन २०७९, आईतवार १७:१६ प्रकाशित