मोटरसाइकलबाट खसेका व्यक्तिलाई ट्रकले किच्दा घटनास्थलमै मृत्यु

केन्द्रभाग मिडिया

File photo

चितवन ।

मोटरसाइकलबाट सकेका युवकलाई ट्रकले किच्दा घटनास्थलमै ज्यान गएको छ ।

मोटरसाइकल आफै अनियन्त्रित भइ सडकमा खसेका भरतपुर–२ का १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृत्यु भएको हो । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा सो घटना भएको हो ।

बिहीबार साँझ ६ : ५० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा मोटरसाइकल पछाडि सवार साह सडकमा खसेका थिए । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ५५ नम्बरको ट्रकले सडकमा खसेका साहलाई कुल्चिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

मोटरसाइकल चालक भरतपुर–२ बस्ने ३० वर्षीय अकवर साह भने सकुशल रहेको उनले बताए । ट्रक र ट्रक चालक स्याङजा गल्याङ नगरपालिका–८ बस्ने ३२ वर्षीय अर्जुन पचभैया मगरलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

  • १४ आश्विन २०७९, शुक्रबार १०:११ प्रकाशित