जुम्ला ।
जुम्लामा स्याउ बोकेको मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। अर्का एकजना घाइते भएका छन् । हिमा गाउँपालिका९१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालक विनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
बाग्मती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा मकवानपुर निवासी चालक लामाको निधन भएको हो । दुर्घटनामा सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन् ।














