हेमजा ।
हेमजा भुपु सैनिक बचत तथा ऋण सहकारी संस्था पोखरा २५ हेमजाको सातौं साधारण सभा आज सम्पन्न भएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता तथा २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभका उनले हरेक सहकारी बचत तथा ऋणमा मात्र नभइ उत्पादनसँग जोडिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा लेखा परिक्षक बिष्णु प्रसाद बराल, पोखरा महानगरपालिका सहकारी शाखाका शाखा प्रमुख भरतराज पौडेल, किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मोतीराम तिमिल्सिना, सल्लाहकार तथा संस्थापक अध्यक्ष टेक बहादुर कुँवर, शेयर सदस्य झंकनाथ तिमिल्सिना लगायतले शुभकामना दिएका थिए । सो अवसरमा शेयर सदस्य रूस्तम कुँवरले कबिता वाचन गरेका थिए । कार्यक्रममा उत्कृष्ट बचत कर्ता देउमायाँ तिमिल्सिना, उत्कृष्ट कर्जा कर्ता झबिलाल सापकोटा, उत्कृष्ट पशुपालन गर्ने टेकनाथ दाहाल र जेष्ठ शेयर सदस्य जगत बहादुर थापालाई सम्मान गरियो ।
उपाध्यक्ष कृष्ण बहादुर सापकोटाले स्वागत गरि सुरू भएको कार्यक्रममा सदस्य प्रतिमा कुँवरले सहकारीको सात सिद्धान्त वाचन गरिन् । कार्यक्रममा सचिव शेर बहादुर कार्कीले वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष श्याम बहादुर कुँवरले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकोमा सभाले पारित गरेको थियो ।
संस्थाको शेयर पुँजी ३ करोड २३ लाख ३१ हजार २०० रहेकोमा निक्षेप संकलन ५ करोड २९ लाख ४० हजार ४९७ र ७ करोड ९५ लाख ८५ हजार ६४९ ऋण लगानी रहेको संस्थाका कोषाध्यक्ष कुँवरले जानकारी दिए ।
संस्थाका अध्यक्ष सुरेश बहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शेर बहादुर कार्कीले गरेका थिए ।














