कास्कीकोट दरवारमा दसैं उत्सव सुरु

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीकोट दरवारमा रहेको गुप्तकालीका मन्दिरमा घटस्थापनाको विशेष साइतमा मन्दिर प्रवेश गरीएको छ । गुप्तकालीका मन्दीरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । तान्त्रीक र वैदीक तरीकाले पुजाहुने गुप्तकालीका मन्दिरमा घस्थापना देखी दशमीसम्म पुजारीहरु मन्दीरमानै वसेर गुप्तकालीकाको पुजा गर्ने प्रचलन छ ।

वडा दशैमा यहाँ नेपालमा नै लोप उन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरीने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनु भयो । कास्कीकोटमा दशैको वेलामा वजाइने नगरा , सत्रौ शताव्दीका ढाल तरवारहरु लगाएत धोपहरुको समेत प्रर्दशन गरीने भएको छ । ‘संस्कृतीको संरक्षण सगै धार्मीक पर्यटनको प्रवर्दनमा सहयोग गरौ’ भन्ने नारा सहित दशै उत्सव गर्न लागीएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिले जनाएको छ ।

कास्की दरवारमा घटस्थापनाको दिन विधीवद तरीकाले मन्दीरमा प्रवेश गरीन्छ । सप्तमीको दिन पोखराको राम घाट वाट ल्याइएको फुल पत्र र कुँवर जातीको सरुङ खेल सगै मन्दीरमा भित्राइने प्रचलन रहेको छ । अष्ठमीका दिन राती काल रात्रीको पुजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालीका मन्दीरमा टिका लगाए पछि विधीवत रुपमा फुल वास्पानीमा लगेर विसर्जन गर्ने गरीन्छ ।

दशै उत्सवमा भतm जनहरुको सजिलोको लागी विभिन्न उप समिती निमार्ण गरीएको छ । गुप्तकालीका मन्दीरमा दशैको दश दिन दैनिक विभीन्न देवीको पुजाहुने गर्दछ । गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पुराहुने जन विश्वास रहेको छ ।

यहाँ पुजा गर्न तथा पञ्चवली भाकलहरु गर्नेहरुको दैनीक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दीरमा कास्की राज्यको स्थापना सगै यहाँ हरेक दशैमा विषेश पुजा हुदै आएको छ । यस ठाउँ वाट नै कास्की जिल्लाको नामाकरण भएको मान्ने गरिन्छ ।

लामो समयसम्म कोरोना कहरका कारण मन्दिरमा दर्शनार्थीहरुले दर्शन समेत गर्न पाएका थिएनन् । यस पटक पुजालाई व्यवस्थीत वनाउन पोखरा २४ वडा कार्यालयले वडाको पहिचान वोकेको कास्कीकोट दरवारलाई आर्थिक सहयोग सगै प्रर्वद्धनात्मक सहयोग गरेको वडा अध्यक्ष भरतवहादुर अधिकारीले बताए ।

  • १० आश्विन २०७९, सोमबार १६:४६ प्रकाशित