महाभियोग सिफारिस समितिको बैठक सर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग सिफारिस समितिको बैठक सरेको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे मात्र बस्नेछ ।

यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो ।

समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ ।

  • ३० भाद्र २०७९, बिहीबार ०९:५१ प्रकाशित